

योगगुरु बाबा रामदेवमाथि कोरोना विरुद्धको खोपबारे भ्रम फैलाइएको आरोप लागेको छ ।

कोरोना विरुद्धको खोपबारे भ्रामक प्रचार गरेको भन्दै इन्डियन मेडिकल एसोशियसन उत्तराखण्डले उनीमाथि मानहानी मुद्दा दर्ता गरेको समेत बताइएको छ । सामाजिक सञ्जालमा रामदेवको भिडियो भाइरल भइरहेको छ । एसोसियसनले सोही भिडियोलाई आधार मानेर मुद्धा दर्ता गरेको हो ।

रामदेवले कोरोना खोपविरुद्ध गलत प्रचार गरेको भन्दै कारबाहीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एसोसियसनले पत्र पठाएको जनाएको छ ।


Views: 285

