Aamsanchar

संसद विघटनको विषयका मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाण्डौ- प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आज सुनुवाइ हुँदैछ । १९ वटा मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका छन् । सर्वोच्चमा परेका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा मुद्दामा आज सुनुवाइ भइरहेको हो ।

यी रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा पार्नुभएको हो । आज सुनुवाइ भइरहेका केही रिट सरकारको निरन्तरता र तोकिएको समयमै चुनाव हुनुपर्ने पक्षका समेत रहेका छन् । आज सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन रोक्नुपर्ने माग गरिएको छ । यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको भने भोलिदेखि सुनुवाइ हुनेछ ।

३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठीक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर