Aamsanchar

ताप्लेजुङमा छैनन् शल्यक्रियामार्फत सुत्केरी गराउने डाक्टर

Author Image
बिहिवार, जेठ १३, २०७८

ताप्लेजुङ – ताप्लेजुङ जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने डाक्टर नहुँदा गर्भवतीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता भएको छ । एक जना डाक्टरको सम्झौता सकिएको र एक जना तालिममा रहेकाले शल्यक्रिया मार्फत सुत्केरी गराउनुपर्ने गर्भवतीलाई जिल्ला बाहिर पठाउनुपरेको अस्पताल प्रमुख डा।सोनिम लामाले जानकारी दिनुभयो ।

गएको वैशाख २० गतेपछि जिल्ला अस्पतालमा सुत्केरी गराउन आएका १५ जनामध्ये पाँच जनालाई पाँचथरको जिल्ला अस्पताल पठाएको उहाँले बताउनुभयो । कतिपय महिलाहरु निक्कै गम्भिर अवस्थामा पुगेपछि अस्पताल आउँदा टाढा रहेको पाँचथर पठाउन समस्या हुने भएकाले जोखिम मोलेरै सुत्केरी गराउनु परेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर