Aamsanchar

रेडक्रसद्धारा सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Author Image
शुक्रवार, जेठ १४, २०७८

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० हजार थान मन्त्री राईलाई हस्तान्तरण गरेको छ । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिनुभयो ।

यसैवीच आईपास नेपालले स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री राईलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारलाई आईपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, स्यानिटाईजर रहेको छ । १ लाख १८ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर