पाँचथर । पाँचथरमा कोभिड संक्रमण बाट पिडित हुनेको संख्या बढन थाले पछि नागरिकले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नहोस भनेर कोभिड उपचारमा नभई नहुने अक्सिजन अभाव हुननदिन पाँचथरमा निजी स्तरबाट अक्सिजन व्यवास्थापन गर्ने कार्यलाई तिब्रता दिईएको छ ।
पाँचथर उद्योग बाणिज्य संघको अगुवाईमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न अभियन नै सुरु भएको छ । कोरोना संक्रमित भई उपचारार्थ रहेका जिल्लाबासीलाई निशुल्क अक्सिजन उपलब्ध गराउनुका साथै अन्य स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उदेश्यका साथ सुरु गरिएको अभियानमा दिन प्रतिदिन दाताहरुबाट आर्थिक सहयोग जुट्नेक्रमले निरन्तरता पाईरहेको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए ।
तत्कालको लागि संकट टार्न २० थान अक्सिजन कन्सन्ट्रेटर र ५० थान अक्सिजन ग्याँस सिलिण्डर व्यवस्थापन गर्न पाँचथर उद्योग वाणिज्य संघको संयोजनमा जेष्ठ ४ गतेदेखी अभियन संचालन गरिएको थियो ।
अभियान अन्तरगत आज दशौं दिन सम्म आईपुग्दा अनुमान गरिएको रकम भन्दा धेरै रकम जम्मा भईसकेको अभियन्ता नेपालले जानकारी दिए ।
अभियानको पहिलो दिन ५ लाख ८ हजार ६ सय ५३ रुपैया संकलन भएर अघिबढेको अभियानले छोटो समयमै ५५ लाख रुपैया संकलन गर्न सफल भएको छ । २० थान अक्सिजन कन्सन्ट्रेटर र ५० थान अक्सिजन ग्याँस सिलिण्डरको लागि ३३ लाख ५० हजार लागत अनुमान अभियानले गरेको थियो ।
अभियानले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्वास्थ्य उपकरण बिक्रेतामा संग कोटेशन मागेको छ । आउदो मंगलबार सम्ममा काठमाडौंबाट उक्त उपकरण पाँचथर तर्फ आउने टुङ्गो भईसकेको नेपालले बताए ।
अभियनले मल्टी पारामिटर, प्यासेन्ट मोनिटर र थप अक्सिजन जिल्ला अस्पताललाई हस्तान्तण गर्ने तयारी गरेको छ ।
पाँचथरका स्वास्थ्यकर्मी, स्थानिय, पाँचथर जन्मथलो भएर देशका विभन्न स्थान र विदेशमा बस्ने पाँचथरेहरुले भेन्टिलेटर सहितको एम्बुलेन्स पनि अभियनबाट खरिद गर्न सुझाव आएको र दाताहरुबाट यसैगरी सहयोग जुट्दैगए यस कामका लागि पनि अभियनले अग्रसरता लिने अध्यक्ष नेपालले आमसंचारलाई बताए ।