Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज इराकसँग प्रतिस्पर्धा गर्दै

Author Image
शनिवार, जेठ १५, २०७८

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँगआज (शनिबार) खेल्न लागेको हो । खेल नेपाली समयअनुसार रातको १०ः१५ बजे हुनेछ । इराकविरुद्ध खेलपछि टोली स्थल मार्ग हुँदै आइतबार कुवेततर्फ प्रस्थान गर्नेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले यस पटक नेपाली टिममा युवा खेलाडीलाई स्थान दिएका छन् । नेपाली टोलीमा हाल ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् । उनीहरुले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछन् ।

नयाँ खेलाडी स्थान दिएका अलमुताईरीले यो पटक टोलीको प्रदर्शन उत्कृष्ट हुने बताएका छन् । नेपाली टोलीमा आफूले दिएको परिवर्तनलाई पछि आउने खेलका लागि राम्रो हुने उनको दाबी छ । आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको नेपालले अहिले सुखद नतिजा निकाल्ने योजना बनाएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक माथिल्लो स्तरमा छ ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर