Aamsanchar

सहिदले हेरिबसेका छन्, होशियार !

Author Image
शनिवार, जेठ १५, २०७८

गणतन्त्रको अर्थबाट र यहाँ विश्वप्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्याम्ब्रिजको परिभाषा सापट लिँदैछौ जसका अनुसार, च्भउगदष्अि अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ राजा वा रानी नभइकन जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्ने गर्छन् ।

नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्र प्रमुख हुन राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो ।
समयको परिवर्तन हेरौं, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा ७ प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिइ पनि सकेको छ । अर्थात् संघीय स्वरूपमा चलिरहेका छौं ।

जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइँदैछ । १० वर्षे सशस्त्र ‘जनयुद्ध’ र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य गरी मुलुक गणतन्त्रमय बनेको थियो ।

ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँछ । नेपाली गणतन्त्र १४ औं वर्षमा प्रवेश गरेकोमा हामी सबै नेपालीलाई बधाई छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहपश्चात् नै एकात्मक शाषण पद्धतिमा शासित यो देश गणतान्त्रिक पथमा शुरुवातकालीन पाइला चालिरहेको छ । स्मरण रहोस्, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताका लागि नेपाल संसारकै पृथक देशहरूमध्ये फरक देशमध्ये पर्छ ।

जेठ १५ गतेको यसै एतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक विदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्छन् ।

यस विशेष दिनमा भूपी शेरचनको कविता सम्झना गर्न चित्त परेको छः

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।।

अब आज हामी सम्झना गर्न चाह्यौं ती महान सहिदहरूलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिएका छन् । १० वर्षे सशस्त्र द्वन्द्वमा वीरगति पाएका ती तमाम नेपाली अमर आत्माहरूलाई चीर शान्ति प्राप्त होस् ।

सहिदहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रूपैयाँ खर्च गरेर र उहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापि हुनै सक्दैन । त्यो केवल गणतन्त्रको संस्थागत् अभ्यासले मात्र हुन सक्छ ।

सत्ता समीकरणमा अझै पनि उतिबेलाका आन्दोलनको विपक्षी सरकारका पात्रहरू देखिनु अनि शक्ति समीकरणमा आन्दोलनमा बन्दुकको नालले चरा मारेझैँ मानिस मार्ने गरेका ब्यक्ति देखिइनु कतै दुःखको अनुभूति होला ।

कतै लोकतान्त्रिक गणतन्त्रको रङ्गमा सबै मिली अघि बढ्दै गरेको गज्जबको उदाहरण। तर के वास्तवमै त्यो उदाहरण नेपाली राजनीतिमा सक्रिय दलहरूले निर्वाह गरिरहेका छन् त रु जसका कारण विश्वमै राजनीतिक सदाचारता र स्थिरताको उदाहरण बनेका छन् त ?

भ्रममा कोही नपरे हुन्छ, भागबण्डाको राजनीतिमा निदाएर राजनीति गरेको ती सहिदले हेरिबसेका छन्, होशियार ! अर्घाखाँचीको सन्धिखर्क होस् या सिन्धुलीको भिमान, जुम्लाको खलंगा होस् या रोल्पाको लिवाङ्ग ?

सशस्त्र युद्धका बेलामा घरका भित्तामा लागेका बम, गोली अनि बारुदका छर्राहरूले बनाएका खतहरू अझै पनि आलै छन् । कति त्यस्ता खतहरूमा माटो अथवा सिमेन्टको लेप लागिसकेको छैन । अनि अझ उस्तै छन्, मनभित्रका पीडाहरू । आफन्त गुमाउनुको, अपाङ्गता अपनाउनुको अनि बेपत्ता भएका परिवारजनका सदस्यको आँखा अगाडि आइरहने यादका शृंखलाहरूको ।

रगतका खोलाहरू बगेका चोक–चौराहमा अझै पनि पीडाका कथाहरू गणतन्त्र बनेर दौडिरहेका छन् । अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको ‘गणतन्त्र’ अनि नेपाली राजनीतिक संस्था र हस्तीहरूले गणतन्त्रको सही सदुपयोग गर्न सक्नुपर्छ ।

नेपालीहरूले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था कहिले प्राप्त हुन्छ ? बन्द बाकसमा निदाएका नेपाली बोकेर, अपाङ्ग शरीर बोकेर, बेहोशी बोकेर, ठगिएर, हेपिएर, सतित्व लुटिएर, बेचिएर कहिलेसम्म खोजी रहने ठाडो शीरसहितको नेपालभित्रै परिवर्तन । शक्तिको होडबाजीबाट माथि उठेर विकास र विधिको शासन कहिले मिल्छ ? यस्ता कैयन प्रश्न अनुत्तरित मात्र होइन, निरन्तर जीवित छ ।

आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो । तसर्थ, आज नेपाली सेनाले विहानै विगुल फुकेर जनाउ दिने गर्छ । टुँडिखेल काठमाडौं लगायत देशैभरिका थुप्रै ठाउँहरूमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्थ्यो । तर यसपालि कोभिड–१२ महामारीमा मुलुक छ । त्यसकारण ‘भर्चुअल’ अन्तक्र्रियामा रम्नु सिवाय हामीसँग अर्को विकल्प छैन ।

महामारी नभएको भए साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरूप मैनवत्ति बाल्ने कार्यक्रम पनि गरिन्थ्यो । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभातफेरी, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रमहरू समेत यसपालि देख्न पाइने छैन ।

त्यसैगरी महामारी नभएका विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दिपावलीको उल्लासमय कार्यक्रमहरू गरिन्छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । स्मरणरहोस् १४ वर्षअघि आजकै दिन गणतन्त्र प्राप्तिको उत्साहमा नेपालभरि एतिहासिक दिपावली कार्यक्रम गरिएको थियो ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे रु युगौं–युगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुवैमा डाँफे उडोस् । नेपाली टोपी र सगरमाथा उच्च रहून् । अनि विधिको शासन कायम होस् । देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् ।

गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकैस्वर भई फैलिऊन् । हो, म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनिरहोस् । नेपालीको जय होस्, मेरो नेपालको जय होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर