Aamsanchar

फेसबुक अभियानमार्फत रकम संकलन, शुल्क बुझाउन नसक्दा बिर्तासिटीमा बस्न बाध्य गदाल डिस्चार्ज

Author Image
शनिवार, जेठ १५, २०७८

इलाम – फेसबुक अभियानमार्फत रकम संकलन गरेर एक सातादेखि उपचाररत एक व्यक्तिलाई डिस्चार्ज गरिएको छ। अस्पतालको शुल्क बुझाउन नसक्दा झापाको बिर्तासिटी अस्पतालमा बस्न बाध्य इलाम सूर्योदय नगरपालिका–९ का सरोज गदाललाई घर ल्याइएको हो।

गत वैशाख २५ गते कोरोना संक्रमण भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचार शुल्क बुझाउन नसक्दा उनी अस्पतालमा बस्न बाध्य थिए। इलामका संचारकर्मी दिनेश महतको पहलमा सुरु भएको ‘सरोज गदाल घर फर्काऊ अभियान’ मार्फत संकलन भएको १ लाख ४५ हजार रुपैयाँ बुझाएर आज गदाल अस्पतालबाट घर आएका हुन्। अभियानको क्रममा १ लाख ६८ हजार रुपैयाँ संकलन भएको महतले जानकारी दिए।

बचत भएको २३ हजार रुपैया आर्थिक अवस्था कमजोर भएकाहरुलाई आगामी दिनमा कोष निर्माण गरी सहयोग गर्ने योजना रहेको महतले जानकारी दिए । नेपाली कांग्रेस नेता एबम इलामका समाजसेवी डम्बर खड्काले आफ्ना सहयोगीलाई अस्पताल नै पठाएर गदाललाई घरसम्म ल्याउने व्यवस्था गरेका हुन्। उनले तत्काल डिस्चार्ज गर्न अपुग रहेको १५ हजार रुपैयाँ रकमसमेत अभियानलाई दिएका छन्। डिस्चार्जपछि गदाललाई घर ल्याइएको र घरका अन्य परिवारका सदस्यहरुको समेत एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर