Aamsanchar

वीरता लेडीद्वारा ‘महिला उद्यमशिलता सम्भाब्यता र चुनौती’ बिषयक अन्तरक्रिया सम्पन्न

Author Image
शनिवार, जेठ १५, २०७८

बिर्तामोड । महिला शसक्तिकरणको पहिलो आधार आर्थीक सम्बृदि रहेको एक कार्यक्रमका सहभागीहरुले बतायेका छन।

वीरता लेडी जेसीजद्वारा भर्चुअल मार्फत आयोजित ‘महिला उद्यमशिलता सम्भाब्यता र चुनौती’ बिषयक अन्तरक्रियाका सहभागिहरुले आर्थिक सक्षमताले महिला सशक्तीकरणमा आधारको काम गर्ने बताएका हुन।

नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तरक्रियामा महिला उधामीको वर्तमान अवस्था,सम्भावना चुनौती,महिला उद्यमिका सन्घर्ष र सफलताका बिषयमा छलफल भएको थियो।

राणाले अहिले उद्यममा महिलाहरुको उपस्थिती आसलाग्दो रुपमा बढेको र उद्यमी बन्नलाई आट र हिम्मत आवश्यक रहेको बताइन। साथै उनले पुरुषको तुलनामा महिलाहरुलाई उद्यमीको रुपमा स्थापित हुन भने अहिले पनि बिभिन्न चुनौतीहरु रहेको बताइन।

यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका रास्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनालले महिलाहरु मात्रै नभई अहिलेको समयमा महिला र पुरुष दुबै नै उद्यम र व्यव्सायमा आउनुपर्ने बताए, जसले देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने उनको जिकिर थियो। साथै यस्तो बिषम परिस्थितिमा पनी भर्चुअल माध्यमबाटै भएपनी महत्वपूर्ण बिषयमा अन्तरक्रिया गरिएकोमा वीरता लेडी जेसीजलाई धन्यवाद दिएका थिए।

नेपालभर बाट जेसीज, नन जेसीज र महिला उद्यमी गरि करिव २ सय जना सहभागी रहेको कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका नि वर्तमान अध्यक्ष कुमार भट्टराई, नेपाल जेसीजका कानूनी सल्लाहकार गोकुल सापकोटा, क्षेत्र क निरुपीत उपाध्यक्ष रजनी थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

अन्तर्कृयामा राप्रपा बिर्तामोड अध्यक्ष रन्जू प्याकुरेल,बिर्तामोड उधोग वाणिज्य संघ सह कोशाध्यक्ष राधिका चूडाल, नारी सन्चार गृह झापा संस्थापक साबित्रा दाहाल, नेपाल जेसीज पूर्व कार्यकारीणी उपाध्यक्ष रिता न्यौपाने, उद्यमी मिरा काफ्ले, हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ, सतासीधाम जेसीजका निवर्तमान अध्यक्ष कुमार सिङ सावा लगायतले वक्ता राणा समक्षा उद्यम संग सम्बन्धित प्रश्नहरु राखेका थिए।

वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक युनिता दवाडीले स्वागत गरेकी थिइन् भने सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)