अध्यादेशमार्फत ल्याईने बजेटले अजअपेक्षाको सम्मान गर्न नसक्ने प्रतिपक्ष दलहरुबाट अड्कलबाजी भईरहेकाबेला आज सरकारले गरेको बजेट घोषणाले नागरिकमा उत्साह बढाएको छ । ओली सरकारको आगामी बजेट आलोचना गर्न नसक्ने खालको सावित भएको छ । नागरिकहरुले सामाजिक सञ्जाल मार्फत बजेट प्रति सकारात्मक टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।
संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेशमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता हासिल गर्न खोजेको देखिन्छ ।
यस्ता छन् लोकप्रिय बन्न सक्ने योजनाहरु
१, ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ
२, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
३, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत
४, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन
५, तरकारी, दूध र माछा९मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने
६्, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने
७, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
८, ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने
९, निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
१०, विवादित गरिबी निवारण कोष खारेज
११, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा