Aamsanchar

बृद्ध भत्ता ४ हजार पुग्यो

Author Image
शनिवार, जेठ १५, २०७८

काठमाडौँ — सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । यस्तै, जेष्ठ नागरिकका लागि निस्शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर