Aamsanchar

झापाको बुद्धशान्तीबाट ब्राउनसुगरसहित २ जना पक्राउ

Author Image
आइतवार, जेठ १६, २०७८

झापा- झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौकबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर