Aamsanchar

खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते

Author Image
आइतवार, जेठ १६, २०७८

चितवन – भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हो ।

आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर