

तुलसीपुर । दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरुले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१ घरभइ हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका–८ घरभई हाल यू.एस.ए बस्दै आएका ललित चालिसे, तुलसीपुर –५ निबासी प्रविन गौतम, तुलसीपुर–९ घरभइ हाल अस्ट्रेलिया निबासी यज्ञ ढकाल र तुलसीपुर १ घरभई हाल काठमान्डौ बस्दै आउनुभएका लोकराज ढकालले कोरोना आइसोलेसन संचालन भएको मेट्रो अस्पताललाई उक्त सामग्री सहयोग गर्नुभएको हो । कन्सट्रेटरले प्रति मिनेट १० लिटर अक्सिजन उत्पादन गर्ने सहयोगी दाताहरुले जनाएका छन् ।
कन्सरट्रेटर एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा विदेशमा भएर पनि आफ्नो गाउँ–ठाउँको विकासमा एकवद्धता जनाउँदै सहयोग गर्नु महान कार्य भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कन्सट्रेटर युवराज आचार्यले हस्तान्तरण गर्नु भएको थियो ।



