Aamsanchar

‘पालिका सन्देश डटकम ’ दोस्रो बर्षमा प्रवेश, पत्रकार महासघ झापा र बुद्धशान्ति प्रेस क्लवका अध्यक्षद्वारा शुभकामना व्यक्त

Author Image
आइतवार, जेठ १६, २०७८

बुद्धशान्ति । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल ‘पालिका सन्देश डट कम’ दोस्रो बर्षमा प्रवेश गरेको छ । गत वर्ष कोरोना भाईरस (कोभिड–१९) महामारीको अवस्था चर्कँदै गर्दा सुरु भएको अनलाइन पत्रिका प्रथम बर्ष पूरा गरि दोस्रो बर्षमा प्रवेश गरेको हो ।

दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा बुद्धशान्तिमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छोटो समयमा यो अनलाइन न्यूज पोर्टल स्थापित अनलाइनका रुपमा चिनिएको भन्दै शुभकामना दिएका थिए । उनले पालिका सन्देशले स्थानीय समाचारलाई प्राथमिकता दिंदै मौलिक ढंगबाट समाचार प्रेषित गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् ।

त्यस्तै बुशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लले पालिका सन्देशले सम्बेदनशीलतालाई बुझेर समाचारहरु प्रस्तुत गरेको बताए । “सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुअघिनै त्यसले समाजमा पार्ने प्रभावबारे बुझ्न आवश्यक हुन्छ, सो विषयमा पालिका सन्देशले उदाहरण पेश गरिरहेको छ“, उनले भने । समाचारलाई जिम्मेवार र सम्वेदनशिल ढंगले प्रस्तुत गर्न सक्ने सम्पादक तीर्थ तिम्सिनालाई थप प्रगतिको शुभकामना दिएका छन् ।

डिजिटल अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया हाउसका सम्पादक तीर्थ तिम्सिनाले बताएका छन् ।
हामीले विभिन्न स्थानीय तहका हरेक गतिविधिलाई पाठकसामु पस्किने प्रयास गरिरहेका छौं। स्वदेश तथा विदेशमा रहेका नेपालीले गरिरहेका नियमित गतिविधि, सार्वजनिक कार्यक्रम पनि समेट्दै आएका छौं। अनलाइनका सम्पादक तिम्सिना भन्छन्,–“ पहिलो वर्ष पूरा भएको सन्दर्भमा उत्साहित बनेका छौं। तपाईंहरुको साथ र सहयोगबिना हामी कहिल्यै पनि पूर्ण हुन सक्दैनौ ।“

उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र एकबर्षको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको बताए ।

बुद्धशान्तिको तेन्जीङ नार्गे होममस्टेमा कोरोना कहरका बिचमा स्वास्थ्य सावधानी अपनाउँदै भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्क्ष रञ्जित प्रसाईं, सदस्य रञ्जित परियार, विनोद पाण्डे, सुनिरा मैनाली, बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार संयोजक उमाकन्त खनाल, बुद्धशान्ति प्रेस क्लबका सचीव दीपेन लावती लगायत सदस्य लगायतको आतिथ्यता थियो । कार्यक्रमको सञ्चालन बुद्धशान्ति प्रेस क्लबका पत्रकार बिष्णु लामिछानेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)