

बुधबारे। हाल नेपाल सहित बिश्वका धेरै मुलुक प्रभावित भएको अवस्थामा झापाको बुद्धशान्ति गाउपालिका पनि प्रभावित भएको अवस्था छ । यो अवस्थामा बुद्धशान्ति गाउँपालिकाले पनि स्वस्थ्य क्षेत्रमा विभिन्न कठिनाइहरुको सामना गर्दै आएको अबस्थामा गाउँपालिका, स्वास्थ शाखा र आइसोलेसन संग समन्वय गरेर “बुद्धशान्तिका लागि हामी” कोभिड स्वस्थ्य राहत संकलन एवम् सहयोग समितिले स्वस्थ्य क्षेत्रमा सहयोग पुर्याउन सुरु गरेको छ ।

बुद्धशान्ति आइसोलेसनमा आइपर्ने विविध समस्या, बुद्धशान्ति भरी रहेका कोभिड संक्रमितलाई स्वास्थ्य उपचारका लागि हातेमालो गरि सहयोग गर्ने उदेश्य लिएर चन्द्र प्रसाद उप्रेतीको संयोजकत्वमा रहेको समितिले ७२ हजार बराबरको सामाग्री पहिलो चरणमा आइसोलेसनमा बिरामी राख्ने फोल्डीङ बेड सहित स्वास्थ्य सामाग्री कोभिड सकिए पछि बुद्धशान्ति अस्पतालमा रहने गरि गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको उपस्थितिमा उक्त सामाग्री हस्तान्त्रण गरिएको समितिका संयोजक चन्द्रप्रसाद उप्रेतीले बताए ।
समितिका सदस्यहरु गोविन्दप्रसाद पौड्याल, मदनकुमार प्रसाई, प्रदिप पोद्धार, लक्ष्मीप्रसाद उप्रेती, दिपेन्द्र संग्रौला र गोकुल पौडेल लगायतको पहलमा उक्त रकम संकलन गरेर पालिकाको आईसोलेशनमा उपलब्ध गराईएको संयोजक उप्रेतीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहयोग अभियान संचालन गर्ने समिति साथै देश विदेशबाट सहयोग गर्ने दाता महानुभावहरुलाई गाउँपालिका अध्यक्ष रमेश कुमार भुजलले धन्यवाद दिएका छन् । यस अभियानले अबका दिन कोभिडको समयभरी बुद्धशान्ति भित्र आइपर्ने जस्तोसुकै स्वास्थ्य समस्या एवम् गाउँघरमा रहेका कोभिड संक्रमितलाई सहयोग गर्ने कार्यक्रम रहेको समेत बताइएको छ।
देश तथा बिदेशमा रहेर आफ्नो अमुल्य आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण दाता महानुभवहरुमा समितिका संयोजक उप्रेतीले विशेष आभार एवम् धन्यवाद व्यक्त गरेका छन् ।


