Aamsanchar

बजार सजावटका लागि राखिएको गमलामा मोटरसाइकल ठोक्किँदा झापामा एक युवकको मृत्यु

Author Image
आइतवार, जेठ १६, २०७८

झापा- झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नाल रहेका छन् । शिवगञ्ज बाट दुधे तर्फ मे १२ प २३८४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दर्नाल बजार सजावटका लागि राखिएको फुल सहितको गमलामा ठोक्किएका थिए । उनको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए।

Views: 252

प्रतिक्रिया (०)