Aamsanchar

निशेषज्ञामा झापामा यि युवाले गरेको कामले धेरैको ध्यान खिच्दै

Author Image
सोमवार, जेठ १७, २०७८

झापामा पूर्ण निषेधाज्ञा सुरु भएपछि मानिसहरु घरघरमा बस्न थाले, सम्पूर्ण उद्योगधन्दा, व्यापार, होटलहरु सुनसान भए, स्वाथ्यकर्मी, प्रहरी, पत्रकारहरु मात्र सडमा देखिन थाले । जेठ १ गते देखि बिर्तामोडको मुख्य र आसपासका गल्ली सडकमा पिपिई सेट लगाएर दुई युवा दैनिक रुपमा बिहान ९ बजे देखि दिउसो १ बजे सम्म ओहोर दोहोर गर्दै गरेको दृष्यले पत्रकारहरुको ध्यान खिच्ने गरेको थियो ।

तर आफ्ना आफन्तलाई पनि नजिकै गएर भेटगर्न नसक्ने कोरोना जोखिमपूर्ण अवस्थामा नजिकै गएर सोधने कुरा पनि आएन, हाम्रो बुझाईमा कोही कोभिड विरामी उपचारमा संलग्न व्यक्ति होलान् भन्ने भयोे ।

अर्को तर्फबाट सोच्दा समाजमा निशेषाज्ञाको वेला प्रहरी कोरोना नियन्त्रण, व्यवस्थापन तिर बढी केन्द्रित रहेको अवस्थालाई बुझेर समाजमा केही व्यक्तीहरु गलत गतिविधीमा संलग्न भईरहेको खबरहरु पनि आईरहेको बेला । त्यस्तै शंकाको घेरामा पर्ने व्यक्ति त कतै होईन भनेर पिपिई लगाएर यता उता आवतजवात गर्ने ति व्यक्ति तर्फ पत्रकारिताको आँखाले निहाल्ने र बुझनेक्रम भयो । पिपिई लगाएर टाढाबाट चिन्न नसकिरहेका ति व्यक्तीलाई पिपिई खोलेर आफ्नो परिचय दिन आग्रह गर्दा उनिहरुले आफ्नो परिचय हासिहासी दिए, उनिहरु शंका गरिएको भन्दा विलकुलै फरक, सरकारले, समाजसेवी, मालाजप गर्ने धार्मिक व्यक्तिहरुले नगरेको पुण्य काममा लागेका झापा अर्जुनधारा–५ का कौशल कान्छो र ध्रुव गौतम रहेछन् । अरुबेला समाजसेवी भनेर पगरी गुथेर हिडेनेहरु बाच्नको लागि समाज सेवा छोडेर घर घरमा बसेकाहरुलाई वास्तमा समाज सेवा भनेको यो हो भनेर बुझाउने गरि सडक मानवहरुलाई खाना खुवाउने कार्यमा जुटेका रहेछन् ।

सहर बजार, गाउँ, टोलका सबै धनी, गरिव आफ्नो घरमा भएको जे जस्तो छ त्यही खाएर निषेधाज्ञा पालना गरेर बसेका छन् । तर ति सडक मानवको अवस्थाको बारेमा अरु सबै वेखबर बनेको बेला ति दुई युवाले गरेको मानव सेवा काम आज सम्म आई पुग्दा १९ औं दिन भई सकेको छ । उनिहरुलाई समाजिक सञ्जालबाट धन्यवाद, हौशला र आर्थिक सहयोग गर्नेहरुको संख्या धेरै भईरहेको पाईएको छ ।

यो असहज परिस्थितीमा केही सामाजिक संस्थाले ज्याला गुमाएका र विपन्न परिवारलाई खाद्यान्न तथा राहत वितरण गर्दैछन् । तर, सडकमै बसेर साँझबिहान पेट भर्ने फकिरहरुका निम्ति कसैको ध्यानदृष्टि पुगेन । अर्जुनधारा–५ का कौशल कान्छो, ध्रुव गौतम लगायत युवाकोे मन कुँडियो उनिहरुले स्थानिय सरकारका प्रमुखहरुलाई अवस्थाको बारेमा जानकारी गराएर सडक मानवहरुलाई खानाको व्यवस्थापन गरिदिनु भनेर आग्रह गर्दा सडक माव छैनन् सबैलाई हामिले आश्रय दिई सकेका छौं भन्ने र्निदही जवाफ आए पछि सडक मानवहरुलाई आफै खाना खुवाउने कार्य सुरु गरेको कौशल कान्छोले आमसंचारलाई बताए ।

बैशाख २९ गतेदेखि आफ्नो मोटरसाइकलको लेगगार्डमा तयारी खानाका बट्टा र पानीका बोत्तल झुन्ड्याएर उनीहरु बिर्तामोड, शनिश्चरे, चारपाने, बुट्टाबारी, चारआली, धुलाबारी, काँकरभिट्टा र सुरुङ्गा कोटिहोमको चक्कर लगाइरहेका छन् । सडकमै गुजारा चलाउने ‘माग्ने’ हरुका हातमा तातो खाना राखिदिन्छन् । पछिल्लो केही दिन यता ध्रुब गौतमले कोरोना सर्छ भनेर परिवारबाट यो काम नगर्न दवाब आए पछि गौतम हिड्न छोडेको र आफू एक्लै भएपनि खाना खुवाउने कार्यमा जुटिरहेको र सके सम्म बजार नखुलुनजेल सम्म खाना खुवाने कामलाई निरन्तता दिने कौशल कान्छोले बताए ।

सुरुका दिनहरुमा उनीहरु बस्ने ठाउँ यकिन गर्न असहाय नागरिक सेवा समूहमा आवद्ध उनीहरुलाई कठिन भयो । अहिले उनीहरु बस्ने गल्ली र सडककिनारबारे कौशल र ध्रुव जानकार भइसकेका छन्  सरकारले बनाएको नियममै बसेर उनीहरु ती वास्तविक असहायलाई बिहान एक छाक खाना खुवाएर दुई घण्टामा घर फर्किन्छन् ।

दैनिक ३० जनाको खानाको प्याकेट बनाउन उनीहरुलाई घरका सदस्यले सहयोग गर्छन् । अधिकांश बोल्न नसक्ने सडक मानिसहरु आजभोलि उनीसँग आत्मीय बनिसकेका छन् । उनीहरुले परैबाट चिन्न थालेका छन् । मोटरसाइकल रोक्नेबित्तिकै छेउमा आउँछन् र तातो खानाको प्याकेटका लागि हात थाप्छन् । उनीहरुको अनुहारको चमक देख्दा समूहका युवा दंग छन् । कौशललाई खानाको जोहो गर्न र तयार पार्न स्थनिय आदित्य भण्डारी सुबास निरौला राम सिटौला उत्तरा भण्डारी मन्जु गौतम र ख्याम अधिकारी सहयोग गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर