Aamsanchar

नेपालमा पनि कोरोना संक्रमितमा देखिएको ‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा, कसरी ध्यान दिने ?

Author Image
मङ्गलवार, जेठ १८, २०७८

काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ ।   कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ । 
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
– ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् । 
– मधुमेह  भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् । 

कसरी ध्यान दिने ?

यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् । 
– सफा र सुख्खा मास्क प्रयोग गर्ने 
– डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
– धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले नाक सफा गर्ने
– जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने 

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर