Aamsanchar

हल्दिबारीमा रक्तदान कार्यक्रमको आयोजना हुँदै, सहभागिता जनाउन आह्वान

Author Image
शुक्रवार, जेठ २१, २०७८

बिर्तामोड : कोभिड–१९ महामारीको बिषम परिस्थितिमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।  प्रेस क्लब हल्दिबारीको आयोजनामा भोलि (शनिबार)बडा नम्बर ४ को मंगलबारे बजारमा कार्यक्रम आयोजना हुने भएको हो । केन्द्रिय रक्त सञ्चार केन्द्रका अनुसार झापालगाय देशैभरी रगतको अभाव छ । अस्पतालमा रगत चाहिने बिरामीका लागि परिवार तथा आफन्तले नै रगत जुटाउनुको बिकल्प छैन ।

मानिसको जिवन बचाउने यस महान कार्यमा सहभागी हुन हल्दिबारीका राजनैतिक दल ,संघसंगठन लगायतलाई आह्वान गरिएको क्लबका अध्यक्ष नेत्र बिक्रम बिमलीले जानकारी दिए । बिहान १०:३० देखी १२ :३० सम्म कार्यक्रमको समय तोकिएको छ ।

Views: 485

प्रतिक्रिया (०)

सम्बन्धित खबर