

तुलसीपुर । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई पन्ध्रलाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आउनुभएका याक एण्ड यतिका संचालक सतिश गौचनले १० वटा अक्सिजन कन्सटे«टर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले हस्पिटललाई कन्सट्रेटर उपलब्ध गराएको गौचनले बतउनुभयो । अक्सिजन कन्सट्रेटरको पहल, तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गर्नुभएको थियो । ‘दाङ सहित देशैभर अक्सिजनको हाहाकार भयो । कतिपयले अक्सिजनकै अभावमा अकालमा ज्यान गुमाउनु प¥यो,’ सल्लाहकार खनालले भन्नुभयो– ‘रातदिनको मेहनतपछि तुलसीपुर मेट्रो अस्पतालमा कोरोना आइसोलेसन पनि संचालनमा आयो । तर अक्सिजनको अभाव त उस्तै रहयो । त्यसैले नीति शाला मार्फत कन्सट्रेटर जुटाउने काम गरेको हुँ ।’
अस्पतालमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन संचालनमा ल्याईएको छ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिनु भएको छ । युद्धमा कुनै नियम नहुने बताउँदै नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको महायुद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन संचालनमा सफल प्राप्त गरेको बताउनुभयो । ‘केहि नगर्नु भन्दा धेरै गरेका छौ । तर ग¥यौं भनेर सन्तुष्टि रहने अवस्था छैन,’ नगर प्रमुख पाण्डेले भन्नुभयो–‘तर थाकेका छैनौ निरन्तर काममा छौ ।’
विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताउनुभयो ।


