

लेटाङ। लेटाङ नगरपालिका क्षेत्र भित्र कोभिड १९ (कोरोना भाईरस) संक्रमणमा परेका ब्यक्तिहरुलाई लेटाङ नगरपालिका मेयर शंकर राई सहितको टोलीले स्वास्थ्यका सामाग्री सहित औषधी वितरण गर्ने कार्य सुरु गरिएको छ ।

संक्रमितहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको सिफारिसमा औषधी सहित मास्क, सेनिटाईजर, सावुन साथै भिटामिन सि, डि, जिंक ,सिटामोल साथै एन्टीवाईटिक लगायतका औषधी वितरण गरेको छ ।
संक्रमितहरुलाई आज वाट स्वास्थ्य सम्बन्धी जनचेतना सहित स्वास्थ्य उपचारका लागि औषधीहरु वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । लेटाङ नगरपालिका वडा नंं. ५ मा वितरण सुरु भएको हो भने भोली देखि सवै वडामा पुगेर वितरण गरिने नगरप्रमुख राईले बताए ।

संक्रमितहरुलाई कुनै समस्या भएमा नगरपालिका अन्तर्गत रहेको कोभिड अस्पतालका डाक्टर अजय मण्डललाई ९८४२१०३८९२ र स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीलाई ९८५२०२५९७६ मा सम्पर्क गर्न समेत नगरप्रमुख राईले आग्रह सुचित गराएका छन् ।
सामाग्री वितरण टोलीमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, स्वास्थ्य शाखाका प्रमुख दिनेश चौधरी र सम्बन्धीत वडाका वडा अध्यक्ष भुम सुर्यमगर लगायतको सहभागिता रहेको थियो ।


