Aamsanchar

लिचीले फैलाई दिएको नाम कृषक नवराज सुब्बा

Author Image
आइतवार, जेठ २३, २०७८


बिर्तामोड । मानिसहरु सुख, शान्ति र समृद्धि हाशिल गर्न आफ्नो गाउँ, जिल्ला र देशनै छोडेर जानेगरेका छन् । कति मानिसहरु यसैगरी जाने क्रममा होलान, समृद्धि जौज्दै विश्वका कुनाकुनामा पुगेका मध्ये थोरैले मात्र सहज सफलता प्राप्त गर्ने गरेको र धेरैजसो मासिनले कडा परिश्रम र ज्याननै गुमाउनु परेको विद्यमान अबस्थामा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का नवराज सुब्बाले भने आफ्नै आँगन, बारीबाट बार्षिक २० लाख भन्दा धेरै कमाई गरिरहेका छन् । सुब्बाकोे जीवन र परिवारमा सबै सुख सुविधाहरु हाशिल भएको छ, आफन्त, नरनाता, छरछिमेकी, हितैसीहरु संगै रमाउन सकेका छन् । आफ्नो भएको खेत जग्गा बाझै राखेर समद्धि आर्जन गर्न अन्त भौतारिनेहरुलाई सुब्बाले गरेको कामले पक्कै प्रेरणा प्रदान गर्ने छ । पछिल्ला बर्षयता आफ्नै ठाउँमा रहेर राम्रो आर्थिक आर्जन गर्नेहरुले गरेको कृषि पेशा मर्यादित र लोभलाग्दो बन्न थालेको छ । त्यस्तै बिर्तामोडका सुब्बाले लगाएको लिची बगान पनि एकमा पर्छ ।

काठमाडौं पठाउन बगानमा लिची टिप्न व्यस्त रहेका कृषक नवराज सुब्बा । फोटो : विनोद पाण्डे

‘विगत २४ बर्ष अघि सौखले केही क्षेत्रफलमा ३० वटा विरुवा लगाएको लिची बगान क्रमस् विस्तार गर्दै ल्याउदा आज सम्म आईपुग्दा ३ विघा ५ कठ्ठाको झापाको एक ठुलो बगान मध्येको एक बन्न सफल भएको’ ‘गत बर्ष भन्दा यस बर्ष मौसमको कारणले सोचेजस्तो लिची फलेन तर पनि ५ सय काटुन भन्दा धेरै हुन्छ, गत बर्ष ७ सय काटुन बेचेको थिए’। कृषक तथा व्यापारी सुब्बाले बताए ।

लिची ग्रेडिङ गर्दै कामदारहरु ।

अरु भन्दा पछुवा लिची भएकाले पनि सुब्बाले राम्रो मुल्य पाउने गरेका छन् । मजियापुर जातको लिची ठुलोदाना, मह जस्तै गुलियो हुने भएकाले काठमाडौंमा पुर्याउनसाथ हारालुछ भएर लिची बिक्ने गरेको छ । लिचीको माग पुरा गर्न सक्दिन बिर्तामोड लगायतका क्षेत्रबाट आउने ग्राहले बगानको आधा जस्तै लिची किनेर लैजाने गरेका छन् ।’ उनको चिलीको काठमाडौंमा ब्राण्ड बनेको छ । सुब्बा छाप नाम दिईएको लिची प्रति काटुन ४ हजार सम्ममा बिक्री गर्ने गरेको सुब्बा बताउछन् । जेठ १५ देखि लिची टिप्ने काम सुरु भएको छ यतीवेला पनि धमाधम दैनिक ५० जना कामदारबाट लिची टिप्ने काम भईरहेको छ । अन्य वेला भने नियमित ५ जनाले रोजगारी पाएका छन् ।

कुनै तालिम पनि नलिइ लिची खेती सुरुगरेका सुब्बा आफ्नै बुझाई र भोगाईलाई सिपको रुपमा परिणत गरेका छन् । उनिसंग विभिन्न ठाउँबाट लिची बगानको बारेमा बुझन धेरै आउन थालेका छन्। उनि सहजै जानेको कुरा अरुलाई सिकाई दिन्छन ।

कम मेहनत गर्दैमा लाभदायी हुने लिची खेतीका लागि मंसिर महिनाबाट १५–१५ दिनमा सिचाई सुरु, फूलखेले पछि भिटामिन लगाए पस्चात बैशाख सम्मलाई काम पुरा हुन्छ । बैशाखको अन्त्यमा लिचीमा चमेरा लगायतका चराहरुबाट खान र नष्ट हुनबाट बचाउन बगानमा रातको समयमा विजुली बत्तीबाल्ने, पुत्ला टाङने, टिन ठोकने सम्मको काम सुब्बाले गर्ने गरेको स्थानियहरु बताउछन् ।

‘बगान रमितलाग्दो भएको छ । रातै भएर जमिन छुने गरि लुईएको लिचीमा फोटो खिच्न र रुखैबाट टिपेर लिची खान पाईने भएकाले आफू हरेक बर्ष यस बगानमा आउने गरेको रमाई रमाई बगान घुम्न पाईन्छ अझ लिचीको छहारीमा सितलता र मन्द चिसो हावाले केही समय भएपनि मन प्रफुल्ल पार्ने गरेको लिची किन्न भएका झापा विर्तामोड–२ का नवराज भारतीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर