Aamsanchar

झापामा आज २३५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु हुँदा १५२ जना निको

Author Image
सोमवार, जेठ २४, २०७८

झापा- झापामा आज ( सोमबार ) पिसिआर र एन्टिजेन परिक्षणबाट २३५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ का ९१ वर्षीय पुरुष, पथरी–९ की ७० वर्षीया महिला, इलाम–८ का ४६ वर्षीय पुरुष, बिर्तामोड–५ की ५५ वर्षीया महिला, बिर्तामोड–४ का ४३ वर्षीया महिला र बुद्वशान्ति–४ की ७३ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

बिर्तामोडमा १० महिलासहित २० जना, गौरादहमा २ जना पुरुष, मेचीनगरमा ३ महिलासहित ६ जना, अर्जुनधारामा १६ महिलासहित २६ जना, बुद्वशान्तिमा ८ महिलासहित १४ जना, कमलमा ५ महिलासहित ११ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ११ हजार ५५६, डिस्चार्ज ७हजार ९३, आइसोलेसनमा ४हजार१५५ जना, कुल संक्रमित एन्टिजेन १ हजार २५४ जना र मृत्यु हुनेको संख्या २७२ जना र आज निको भएर घर फर्किएका १५२ जना रहेको उनले जानकारी दिए ।

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर