Aamsanchar

करुणा फाउण्डेसनद्वारा हल्दिबारीलाई स्वास्थ्य सामग्री प्रदान

Author Image
मङ्गलवार, जेठ २५, २०७८

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई करुणा फाउण्डेसन नेपालले ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर किट उपलब्ध गराएको छ ।

पालिकाले संचालन गरेको २० वेडको कोभिड अस्पताल र आइसोलेसमा अक्सिजन अभाव भईरहेको बेला मंगलबार गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीलाई उक्त सामग्री फाउण्डेसनको तर्फबाट हस्तान्तरण गरिएको हो ।

फाउण्डेसनले दिएको अक्सिजन कन्सन्ट्रेटरले कोरोना विरामीको उपचारमा सहयोग पुग्ने गाउँपालिका स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

कोरोना भाइरसको संक्रमण बढेसंगै झापाका स्थानीय तहहरुले कोभिड अस्पताल र आइसोलेसन सेन्टर संचालन गरिरहेका छन् । तर, पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर र डाक्टरको व्यवस्थापन हुन नसक्दा उपचार भने सहजरुपमा हुन सकिरहेको छैन ।

प्राप्त स्वास्थ्य उपकरणले आफै अक्सिजन उत्पादन गर्ने र ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट एकै पटक ६ जनाले श्वास फेर्न मिल्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए ।

गाउँ कार्यपालिकाको निर्णय बमोजिम हल्दीबारीमा १०० शैयाको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएको भएता पनि अक्सिजन सिलिन्डरको अभावमा हाल २० शैया मात्र संचालनमा ल्याइएको थियो ।

अक्सिजन चाईने अवस्थाका कोभिड विरामीले गाउँपालिका क्षेत्रबाट  अन्य अस्पतालमा जानू पर्ने बाध्यता न्यूनीकरण हुने भएको छ । विरामीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हल्दीबारीले १ जना एम.बि.बि.एस. डाक्टर र पर्याप्त स्वास्थ्यकर्मी सहित आइसोलेसन सेन्टर संचालन गरिरहेको उपाध्यक्ष गिरीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर