

काठमाण्डौ- सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५५ रुपैयाँ तोकिएको छ ।
Views: 325

