Aamsanchar

झापामा करेन्ट लागेर ८२ बर्षीया वृद्धाको मृत्यु

Author Image
बिहिवार, जेठ २७, २०७८

झापा –झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ निवासी ८२ बर्षीया गलमाया खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्‍याए लगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर