Aamsanchar

इलाममा श्रीमतीको घाँटी काटी हत्या गर्ने पक्राउ

Author Image
शुक्रवार, जेठ २८, २०७८

इलाम- देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्। घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए।

हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर