Aamsanchar

श्रीमतीलाई एसिड छ्याप्ने पक्राउ

Author Image
आइतवार, जेठ ३०, २०७८

रौतहट-रौतहटमा श्रीमानले श्रीमतीलाई एसिड छ्यापेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दीपिका विकलाई श्रीमान दीपकले एसिड छ्यापेका प्रहरीले जनाएको छ । हिजो बेलुका घरायसी विवादमा दीपकले एसिड प्रहार गरेका खुलेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दीपकलाई प्रहरीले हिजै बेलुका नै पक्राउ गरेको थियो । पीडित दीपिकाको बायाँ हातको पाखुरा, पेट र कम्मरमा एसिड परेको छ । उहाँको अपोलो अस्पताल चन्द्रपुरमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दीपक विकले चन्द्रपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)