

विर्तामोड । विर्तामोड । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निणर्य गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

डीसीसीएमसीले लकडाउनलाई केही खुकुलो पार्दै जाने गरि पुरानो निर्णयलाई परिमार्जित गर्दै असार १ गते बाट खाद्ययन्न,फलफूल,तरकारी, माछा मासु, दुध डेरी, पुस्तक, र निर्माण सामग्रीका पसलहरु बिहान ६ बजे देखि १० बजे सम्म खुल्ला गर्ने निर्णय भएको प्रजिअ तिमल्सिनाले बताए । अन्य बस्तु तथा सेवाहरु भने पूर्व निर्णय अनुसारनै कार्यनयन गर्नुपर्ने भएको छ ।





Views: 287

