Aamsanchar

नगर आवासमा स्थानिय युवाको सहयोग

Author Image
सोमवार, जेठ ३१, २०७८

झापा – आइतबार झापा बिर्तामोड ९ को पटुबारी टोलमा युवाहरुको उपस्थिति देखियो । कोरोना माहामारीका बेला सरकारले लकडाउन गरेर घर बाहीर ननिस्कन आग्रह गरेपनि युवाहरु स्वतस्पूर्त आइरहेका थिए । एकछिन पछि उनीहरु कोहि बेल्चा त कोहि तगारी बोकेर बालुवा र सिमेन्ट बोक्न थाले । मास्क लगाएर भौतिक दुरीमा देखिएका यूवाको ठूलो जमात काममा निस्कदा स्थानिय समेत चकित देखिन्थे ।

उनिहरु अरु केहि नभएर नगर आवासमा सहयोगका लागि इन्दु शर्माको घरमा उपस्थित भएका थिए । बिर्तामोड नगरपालिकाले आफ्ना कोहि नागरिक फुसको छानो र कच्चा घरमा बस्नु नपरोस भनेर आवास निर्माणलाई तिब्रता दिइरहेको छ ।

नगरपालिका र साहारा नेपालको २ लाख र उपभोक्ताको ६४ हजारको श्रमदान गरि २ लाख ६४ हजारको लागतमा घर निर्माण भैरहेको हो । तर कतिपय घरमा श्रमदान गर्ने मानिस नहुने र श्रमिक खोजेर लगाउन नसक्ने समस्या रहेको छ ।

यहि समस्यालाई मध्यनजर गर्दै बिर्तामोड ९ का युवाले श्रमदान गरेको बताएका छन् । “नगरपालिका र साहारा नेपालले आर्थिक अवस्था कमजोर भएकालाई घर त बनाइदियो तर श्रमदान गर्ने मानिस र अवस्था कतिपय घरमा छैन”, स्थानिय सागर नेपालले भने, “यहाँ पनि त्यहि समस्या भएर हामी सघाउन आएका हौँ ।”

घर बनाइरहँदा यी लगायत अन्य धेरै समस्या आएको नगर आवास निर्माण समितिका बिर्तामोड ९ का संयोजक रोहित आलीले बताए । कतिपय ठाउँमा श्रमदानका लागि मान्छे नहुने त कतिपय ठाउँमा मान्छे भएपनि सरकाले बनाइदिएको घर हो सघाउनु पर्दैन भन्ने भ्रमले समस्या आएको उनले बताए । यसका बिच पनि ९ नम्बर वाडमा छुट्टिएका २५ वटा घरको निर्माण ६५ प्रतिशत सकिएको ओलीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर