Aamsanchar

झापाली समाज दक्षिण कोरियाद्वारा मेचीनगरलाई सहयोग

Author Image
सोमवार, जेठ ३१, २०७८

मेचीनगर। झापाली समाज दक्षिण कोरियाले सोमवार मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामकालागि उल्लखिय काम गर्दै आएको मेचीनगरलाई स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्यले सहयोग स्वरूप ती सामान उपलब्ध गराएको समाजले जनाएको छ ।

समाजले उपलब्ध गराएको १ हजार ३ सय ५० थान सर्जिकल मास्क,७ थान पीपीई सेट,५० थान फेस शिल्ड र ४ वटा सेनिटाईजर नगरप्रमुख विमल आचार्य र मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले ग्रहण गर्नुभएको थियो ।

नगरपालिका परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले यस्तो संकटका बखत समाजले नगरवासीकालागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा समाजप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर