Aamsanchar

तुलसीपुरको शैक्षिक सुधारका लागि छलफल

Author Image
बुधवार, असार २, २०७८

तुलसीपुर । तुलसीपुर क्षेत्रको शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकामा छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुलाई बोलाएर बृहत छलफल गरिएको हो । सो अवसरमा शिक्षकहरुले सामुदायिक र नीजी विद्यालय बिचको विभेद अन्त्य गर्नुपर्ने, क्षेमता र पुर्वाधार भएका विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालन गर्नदिनुपर्ने, ड्रपआउट रोक्ने नीति बनाउनु पर्ने, गाउँसुधार कार्यक्रम नीतिगतमा रुपमा ल्याउनु पर्ने, शैक्षिक सुधार र उपलब्धीका लागि नमुना विद्यालयहरुको शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु राखेको थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले विद्यार्थीबाट शुल्क उठाउने र आफै भत्ता खाने काम तत्काल बन्द गर्नुपर्ने भन्दै बैकल्पिक कोषको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख पाण्डेले कक्षा ८ कुनै पनि नाममा शुल्क लिन नपाइने बताउनुहुँदै नगर प्रमुख पाण्डेले अभिभावक, विद्यार्थी र वस्तुस्थितिको विश्लेषण गरेर शैक्षिक सुधारका योजना ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्कृत विश्व विद्यालयका रजिष्टार माधव अधिकारी, माध्यामिक विद्यालय सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, हिमाल एक्याडेमीका प्रिन्सपल मधुसुदन केसी, जनप्रिय बोर्डिङ स्कुलका प्रिन्सीपल प्रकाश शर्मा, शिक्षकहरु फष्टबहादुर राना, विष्णु केसी, विजय जिएम लगाएतले आआफ्ना धारणा राखेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर