Aamsanchar

आज सुनको मुल्य

Author Image
बिहिवार, असार ३, २०७८

बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यसो त बिहीबार सुनको मूल्यमा भारी गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२