

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टका लागि रोटरी क्लव अफ सुरुङ्गाले २ लाख ३५ हजार ९९ रुपैँया सहयोग रकम हस्तान्तरण गरेको छ ।

आईतबार रोटरीका संस्थापक अध्यक्ष एलपी उप्रेती, निर्वतमान अध्यक्ष कुमारमणि पोखरेल अध्यक्ष टिका जम्मरकट्टेल लगायातले काकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्ज प्रसाईलाई उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष जम्मरकट्टेलले बताए । रोटरीले १ थान अक्सिजन कन्सनट्रेटर समेत उपलब्ध गराएको थियो ।
रोटरीयन शिव कडेँलले संचालन गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका देशकै सानो नगरपालिका भएपनि सामाजिक एकता, मानव सहयोगका लागि सहयोग गर्नुपर्ने ठाउँमा ठुलो मन गरेका नागरिक रहेको ठाउँ भएको भन्दा रोटरीको सहगोग प्रति प्रशंषा गरे । नगरप्रमुख पोखरेलले कनकाईले झापा जिल्लाभरका नागरिकहरुलाई अक्सिजन उपलब्ध गराउने सोचका साथ अभियान सुरु गरेको जानकारी बताए।



