Aamsanchar

राजकुमारको उपचारमा सहयोग गरिदिन आग्रह

Author Image
सोमवार, असार ७, २०७८

विर्तामोड-  गंगामाया तथा नरबहादुर बस्नेत स्मृति क्यान्सर पीडित सहयोग संस्थाले राजकुमार बचाऊ अभियान शुरु गरेको छ । विगत एकबर्ष अघिदेखि नशा तथा लिभर सम्बन्धी विरामका कारण थला परेका झापा हल्दिबारी वडा नं–४ लाबुङडाँडाका राजकुमार मावो लिम्बूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक संकलन समिति गठन गरेर राजकुमार बचाऊ अभियान शुरु गरेको हो ।

संस्थाले राजकुमारको उपचार सहयोग संकलनका लागि भुपाल बस्नेतको संयोजकत्वमा समिति समेत गठन गरेको छ । राजकुमार बचाऊ अभियानको गठित समितिको सहसंयोजकमा अनिल चौहान, सदस्यहरुमा सुबास बाह्रकोटी, दीपकराज मैनाली, विर्खबहादुर थाम्सोहाङ, दिलिप शाह, प्रेम राई, विशाल लिम्बू, नरप्रसाद खनाल, नितेश्वर शाह हलुवाई र सन्तु थापा मगर रहेका छन् । आर्थिक कठिनाइका कारण अस्पताल भर्ना हुन नसकिरहेका मावोलाई उपचारार्थ कनकाई अस्पताल विर्तामोडमा भर्ना गरिएको जानकारी दिदै संयोजक बस्नेतले सहयोग गरिदिन सबै सहयोगी महानुभावहरुमा आह्वान समेत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर