Aamsanchar

यस कारण कोभिड संक्रमितको घर–घरमा पुग्दैछन् भद्रपुर जेसीज पदाधिकारीहरु

Author Image
बुधवार, असार ९, २०७८

बिर्तामोड । मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने नारालाई आत्मसाथ गर्दै समाजमा क्रियाशिल रहदै आएको संस्था भद्रपुर जेसीजले कोभिड–१९ को महामारीको वेला गरेको जनसेवामुखी काम प्रशंषा योग्य रहेको भद्रपुरका नागरिकहरुले बताएका छन् ।

यस बर्ष ‘एक संक्रमित,एक दाता’ अभियन सुरु गरेर भद्रपुर जेसीजको चर्चा अझ चुलिएको स्थानिय रमेश पोखरेलले बताए ।

विपन्न परिवारमा कोरोना पोजेटि भएकाहरुलाई १ हजार १ सय ११ रुपिया बराबरको पौष्टिक खाध्य तत्वहरु र सेनिटाईजर,साबुन,माक्स,भिटामिन सि,भिटामिन डी, जिङ्क चक्कि, हर्लेक्स,चेवनप्रास लगायतका उपभोग्य बस्तुहरु पहिलो चरणमा भद्रपुर नगरभित्रका ६ सय जना नागरिकहरुलाई वितरण गर्ने लक्ष राखिएकोमा हाल सम्म १ सय ५१ जनालाई उक्त समाग्री वितरण गरिसकिएको भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डेले बताए ।

‘नगरका १० वटै वडामा अभियानले काम गर्ने छ, हाल सम्म ४,७,९ र १० नम्बर वडाका कोभिड पिडितहरुलाई पौष्टिक खाध्य वितरण गरिएको छ । मानव सेवामा प्रत्यक्ष जोडिन सकिने’ ‘एक संक्रमित,एक दाता’ ‘अभियानमा सहयोग गर्ने दाताहरु धन्यावादको पात्र बन्नु भएको छ ।’ अभियान जारी रहेकोले भद्रपुरवासी र तमाव सहयोगीमनहरुलाई अभियानमा जोडिएर सेवागर्न अध्यक्ष पाण्डेले अपील गरेका छन् ।

अभियानको औचित्य र प्रभावकारिता बुझेर भद्रपुर नगरपालिकाले जेसीजलाई अभियान सुरुगर्न अनुमति दिएको बताईएको छ ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर