Aamsanchar

स्वास्थ्य सामाग्री बितरणमा “योगदान राष्ट्रका लागि” संस्थाको क्रियासिलता बढ्दो

Author Image
बुधवार, असार ९, २०७८

झापा – सामाजिक काम गर्न स्थापना भएको संस्था “योगदान राष्ट्रका लागि” जिल्ला समिति झापाले जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । जिल्ला भरिका करिब १२ ठाउँका करिब २ सय जना कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सँगै खाद्यान्न बितरण गरेको हो । हर्लिक्स, च्यावनप्रास, मह, सेनिटाइजर, साबुन, मास्क, लगायत सामाग्री बितरण गरिएको अध्यक्ष माइनस प्लस संग्रौला (प्रदिप) ले जानकारी दिए ।

संस्थाले मेची प्रादेशिक अस्पतालमा रहेका ६५ जना बिरामीहरुलाइ अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल मार्फत सामाग्री हस्तान्तरण गरेको छ । त्यस्तै, भद्रपुर नगरपालिकाले सञ्चालन गरेको कलबलगुडी आइसोलेसनमा रहेका बिरामीलाई नगर प्रमुख जीबन कुमार श्रेष्ठ मार्फत करिव पोसिलो खानेकुरा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

यस्तै प्रधानमन्त्रीको गृहनगर दमकमा नगर प्रमुख रोमनाथ ओलीको उपस्थितीमा, अर्जुनधारामा प्रमुख हरिकुमार रानाको उपस्थितिमा र बिर्तामोडमा प्रमुख ध्रुवकुमार शिवाकोटीको उपस्थितिमा सामाग्री बितरण गरेको हो । समितिले शिवशताक्षि नगरपालिकामा नगर प्रमुख चन्द्रकुमार शेर्माको उपस्थितिमा सामाग्री बितरण गरेको छ ।

कमल गाउँपालिका, हल्दिबारी गाउँपालिका, मेचिनगर नगरपालिका, र बुद्धशान्ति गाउँपालिकामा समेत समितिले जनप्रतिनिधिकै उपस्थितिमा सामाग्री बितरण गरेको छ । स्वास्थ्य सामाग्री बितरणमा क्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेलले “योगदान राष्ट्रका लागि” संस्थाको प्रशंसा समेत गरेका छन् । “यस्तो संकटका बेला सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुन्छ,” भूजेलले भने “तपाइहरुले दिएको सामाग्री अरुका लागि प्रेरणाको रुपमा समेत रहेको छ ।”

यस्तै भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठले अभियान्ताहरुलाई यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, “धन र मन दुबै हुनेहरुले यस्तो संकटको बेला आपतमा परेकाहरुलाई सहयोग गर्नु पर्छ, जसका लागि यहाँहरुको भूमिका महत्वपूर्ण छ ।” यस्तै, यस संस्थाले देशभरका ७७ वटै जिल्लामा क्रियासिलता देखाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर