Aamsanchar

महामारीको सामना गर्न प्रदेश नं १ : अब ‘फोकस’ बालकालिकामा

Author Image
बिहिवार, असार १०, २०७८

कोरोना संक्रमण हुन्छ भन्ने त्रास फैलिएपछि सरकारले पहिलो पटक २०७६ साल चैत ११ गतेदेखि ७/८ महिना जति कडा खालको बन्दाबन्दी ग¥यो । तर २०७८ साल लाग्ने बित्तिकै फेरि देशभर कोरोनाको अर्काे लहर फैलियो । यो पहिले भन्दा धेरै मानिसमा फैलियो । यसले पहिलेभन्दा धेरै मानिसको ज्यान लियो जसमा बालबलिका पनि संक्रमण र मृत्यु हुनेमा बढि छन् ।

कोरोना संक्रमितको सङख्या छ लाख नाग्दा त्यसमा १८ वर्ष मुनिको सडख्या ४८ हजार अर्थात ८ प्रतिशत छ । पहिलो लहरमा २१ हजार संक्रमित भएका बालबालिका द्रोसा्रे लहरमा भने अहिलेसम्म २७ हजार भन्दा बढि संक्रमित भईसकेका छन् । अहिलेसम्म ६८ बालबालिकाले ज्यान गुमाईसकेको छन् । बालबालिकाका लागि कोभिड विरुद्धको खोप बनिसकोको छैन । त्यसैले स्वास्थ्य मन्त्रलायले नै तेस्रो लहर आएमा बालबािलकामा संक्रमणका जोखिम हुने बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिका लगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताएका छन् ।

साथै, हरेक अस्पतालमा बालबालिकाका लागि २० प्रतिशत शैया छुट्याउन र अक्सिजनको जोहो गर्न उनले आग्रह गरेका छन् । यसलाई प्राथमिकतामा राखेर प्रदेश नं १ ले १४ जिल्लाका सबै अस्पतालहरुमा बालबालिकाहरुका लागि शैया छुट्याउन र अस्पतालको क्षमता अनुसार बालबलिकाका लागि एन.आई.सि.यू÷पि.आई.सि.यूको व्यवस्थापन गर्न जानकारी दिएको समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख सागर प्रसाईले बताए । उनि भन्छन, “महामारी नै थामि नसक्ने हुदाँ त क्षमता नपुग्ला तर जिल्ला अस्पतालहरुमा यस पटक बालबालिकाहरुका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड दिएका छोैँ ।”

जनस्वास्थ्यविद्हरुले तेस्रो महामारी आउनसक्ने र यसमा बालबालिका बढि जोखिममा पर्ने भनेको जनकारीलाई प्रदेश नं १ ले तयारी गर्न दिएको सावधानीकोरुपमा लिएको समाजिक विकास मन्त्रालायका प्रवक्ता कृष्णप्रसाद पोखारेले बताए । पोखरेल भन्छन, “हामीले यस विषयलाई क्विनेटमै छलफल गरिरहेका छौँ र जिल्ला अस्पतालहरुमा यो जानकारी पुयाउदैछौँ । ”

स्थानिय तहको विशेष चासो

प्रदेश नं १ झापा,भद्रपुर नगरपालिकाले पनि भविष्यमा आउनसक्ने यस जोखिमबाट बालबालिकामा क्षति नपुगोस भनेर विशेष तयारी गरिरहेको नगरका मेयर जिवन कुमार श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनसार भद्रपुर नगरपालिकामा अहिले पनि २८ वेडको आईसोलेन वार्ड रहेको जहाँ एउटा कोठा विशेष बालबालिकालाई छुटयाएको छ । तेस्रो लहर आए पनि सावधानी अपनाएर जित्न सकिने बताउदै श्रेष्ठ भन्छन, “हामीले भोली बालबालिकाहरु जोखिममा पर्ने भएभने विशेष जनशक्ति खटाएर आवश्यक उपचार घरघरमा पनि दिन सक्छौँ । तर अस्पतलानै आवश्यक भएको खण्डमा पनि मेची अञ्चाल अस्पतालका मेडिकल सुपरिटेन्डेन बालरोग विशेषज्ञ भएकाले हामीलाई केही ढुक्क छ ।”

मेची अञ्चल अस्पतालका मेसु डा. टंक प्रसाद बारकोटीले आउँने २ महिना भित्र एन.आई.सि.यू बनाउने र त्यसपछि पि.आई.सि.यूका लागि पनि प्रकृया अघि बढाउने बताएका छन् । अक्सिजन प्लान्ट बनाउने तयारीमा जोड दिइरहेका बारकोटी भन्छन, “तेस्रो महामारी पर्खने भन्दा पहिलो र दोस्रोबाट पाठ सिकेर स्वास्थ्यसुविधा विस्तार गर्ने योजनामा छु ।” हप्ता दिन अघि मात्र तिन जना कोरोना संक्रमित बालबालिकाहरु कोरोनामुक्त भएपछि अहिले यस अस्पतालमा बालबालिका भर्ना भएका छैनन् ।

बजेटमा, अक्सीजन प्लान्ट र आईसियू

हप्ता दिन अघि मात्र नेपाल सरकारबाट तेस्रो लहर आउनसक्ने परिपत्र जारी भएको छ । यता प्रदेश नं १ ले पनि यस वर्षको वजेटमा महामारीको उच्च जोखिमकै कारण जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र आईसियूको बजेट छुट्याएको छ । १४ जिल्लाका हरेक अस्पतालमा ३ देखि ५ वटा आईसियू र एउटा अक्सिजन प्लान्टको बजेट छुटयाइएको छ । आईसियूका लागि ७५ लाख र अक्सिजन प्लान्टका लागि डेढ करोड बजेट रहेको छ ।

प्रदेश नं १ को कोशि अस्पतालमा बालबालिकाहरुको उपचारका लागि आईसियूको सुविधा छन् । तर आईसियूको व्यवस्थापन नभएका अस्पतलाहरुलाई यो बजेटले पूर्वधार निमार्णको बलियो आधार दिएको स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई बताउँछन् । यो बजेट अनुसारको काम पनि चाडै पुरा भए तेस्रो लहर आउँदा हामीसँग दोस्रो लहरको जस्तो अभाव नहुने उनको भनाई छ । भावि दिनमा आउनसक्ने जोखिम र त्यसमा पनि बालबालिका भनेपछि कान्ति बालअस्पतालले अहिले २६ वटा संक्रमित बालबालिकाको उपचार गर्न वेड छुट्याएको छ । जुन केहि समय अघि २० वटामा मात्र सिमित थियो । जोखिम स्वास्थ्य मन्त्रलायले नै देखाउनु र देशभरमा बालबालिको मात्र उपचार गर्ने अस्पताल काठमाडौँमा मात्र हुनाले कान्ति बाल अस्पतलका कोभिड फोकल डा. कृष्ण प्रसाद विष्टलाई यस कुराले चिन्ता थपेको छ । उनि भन्छन,“नेपलामा अझै पनि अञ्चल अस्पतालमा मात्र बालरोग विशेषज्ञ हुने र जिल्ला अस्पतालहरुमा विशेषज्ञ नहुँदा यसले चुनैेति दिनसक्छ । ” तर सामजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले यसका लागि पनि क्विनेटमा स्वास्थ्य संस्थहरुसँग बालरोग विशेषज्ञको आवश्यता बढि परे कसरी परिपूर्ति गर्ने भन्नेबारे छलफल चलाईरहेको छ । साथै, स्थानीय सरकारले जिल्ला र अञ्चल अस्पतालका यस्ता समस्याहरुलाई कसरी सम्बोधन गर्ने र सहकार्यमा कसरी काम गर्ने तयारी गरिरहेको भद्रपुर नगरका मेयर जीवन श्रेष्ठ बताउँछन । “यद्यापि अञ्चल अस्पतालको संचालक समिति आफ्नै हुने हुँदा यसमा स्थानिय सरकारको हस्तक्षेप हुदैन । तर हामी यस्ता कार्यमा सहकार्य र समन्वय गर्न पछि हटदैनौँ ” श्रेष्ठ प्रतिवद्ध छन् ।

तेस्रो आउन सक्ने महामारी र नयाँ म्युटेण्ड फेला परिरहँदा ठिक समयमा बालबच्चाकालाई स्वास्ग्थ्य सुरक्षा र सावधानी अपनाउनु उचित समय यहि रहेको नेपाल मेडिकल कलेजका प्रमुख प्रा. डा. सुनिल राजा मानन्धर बताउँछन् । मानन्धरका अनुसार पूर्वतयारीमा गरिएको लगनाी खेर जादैन । बरु, आम नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गर्न सकिने विश्वास थप्छ । “हरेक अस्पतालले अहिले पूर्वधार बनाउने र जनशक्ति निर्माण गर्ने समय हो ” डा. मानन्धर बालबालिका विशेष अस्पताललाई प्राथमिकता दिदै भन्छन,“देशमा कम्तिमा हरेक प्रदेशमा एउटा बालबालिका उपचार अस्पताल हुनुपर्छ ।जसले आउने जोखिसँग लडन आधार दिन्छ”

डा.मानन्धरका अनुसार अहिले नै बालबालिकाहरु जोखिममा नभएपनि विद्यालय खुलेपछि जोखिममा रहनसक्ने ठूलो चुनौति रहेको बताउँछन । जसका लागि केहि महिना बालबलिकाहरलाई विद्यालय पढाउन रोक्नुपर्छ । साथै अभिभावकले पनि बालबालिकाहरुमा संक्रमण फैलने र बच्ने उपायबारे पुरा जानकारीमा राख्नु पर्छ ।

बालबालिकामा लक्षण कसरी थाहा पाउने?

रुघा, खोकी, ज्वरो, सास फेर्न गा¥हो हुने सबैमा देखिने लक्षण हो जुन बालबलिकामा पनि देखिन्छ । खेल्न मन नगर्ने, पखाला लाग्ने ,ज्वरो आउने समस्या भए तत्काल कोरोना परिक्षण गराउनुपर्छ । बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज डा.मानन्धर बताउँछन् । यस बाहेक

  •  घ्यारघ्यार हुनु र दुध चुस्न नसक्नु पनि लक्षण हुन ।
  •  छाति दुखिरहनु, अनुहार तथा ओठ निलो बन्दै जान सक्छ ।
  •  पिसाब कम लाग्नु, सरीर चिसो बन्नु तथा छालामा धब्बाहरु बन्नु ।
  •  बालबालिकामा द्धिविधा तथा अलमल बढ्ने, लोसे बन्दै जानु, कमजोरी हुनु ।
  • तिपय बालबालिका संक्रमण भए पनि लक्षण भने नदेखिने हुदाँ अभिभावको निगरानीमा बालबालिका हुनुपर्दछ ।

डा.मानन्धरकाका अनुसार बालबालिका र बढी उमेर भएकाहरूमा देखिने लक्षण लगभग उस्तै नै हुन्छन्। प्रायमा श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको उनको अनुभव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)