Aamsanchar

सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जना पक्राउ

Author Image
बिहिवार, असार १०, २०७८

काठमाडौं – प्रहरीले सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण केहीबेरमा सार्वजनिक गर्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो । उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर