

झापा । झापा मेचीनगर नगरपालिका ५ पिपल चोकबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् । हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु एक थान तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।
Views: 97


