

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ३५१ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् ।
Views: 139


