Aamsanchar

ओखलढुंगामा परम्परालाई चुनौती दिँदै एकल महिलाले लगाए रातो पहिरन

Author Image
शनिवार, असार १२, २०७८

ओखलढुंगा – जिल्लाको सिद्धिचरण नगरपालिका-९ का एकल महिलाले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएका छन्। एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्।

एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो। एकल महिलाहरुलाई १ हजार ५ सय रूपैयाँ र रातो दोसल्लासहित वडाध्यक्ष दानबहादुर बानियाँले सम्मान गरेका थिए। कार्यक्रम नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गरिएको वडा सदस्य गुणराज खड्का (विवेक) ले जानकारी दिए।

श्रीमान नभएका महिलाहरुले रातो पहिरन लाउनु हुँदैन भन्ने परम्परालाई चुनौती दिँदै आफूहरुले यो कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष भीमकुमारी खड्काले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर