Aamsanchar

सुत्केरी र बृद्धा महिलालाई मखमलीको स्वास्थ्य सामग्री

Author Image
आइतवार, असार १३, २०७८


धुलाबारी- मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर-१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ।

संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको बताइन् । खयरडाँगीका ४० बढी महिलाहरुले स्वास्थ्य सामग्री पाएका छन् । संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री पाएपछि स्थानीय ७५ बर्षीय सुष्मा दनुवारले खुशी हुँदै संस्थालाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा पत्रकार, स्वास्थ्य स्वयम्सेविका, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर