Aamsanchar

थप एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण, तीनहजार जना संक्रमणमुक्त

Author Image
आइतवार, असार १३, २०७८

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाण्डौमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ पुगेको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर