Aamsanchar

प्रदेश १ मा १८ प्रतिशत धान रोपाइँ सम्पन्न

Author Image
सोमवार, असार १४, २०७८

बिराटनगर – धान उत्पादनको उर्भर भूमि मानिने  असार १४ गते सम्म १८ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ को मध्य पहाडि जिल्लामा सबैभन्दा बढी २८ प्रतिशत र सबैभन्दा कम तराईका जिल्लामा १४ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ ।

प्रदेश १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको हालसम्म ३२ हजार २१ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ । गत वर्ष हालसम्म २२ प्रतिशत धान रोपाइँएको भएको थियो । प्रदेशको १ मध्य पहाडि जिल्लामा २८ प्रतिशत धान रोपाइँ भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा हुँदै आएको धान खेतीमध्ये हालसम्म २५ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

उच्च पहाडि जिल्लाको सोलुखुम्बुमा सबैभन्दा बढी ४६ प्रतिशत धान रोपाइँएको भएको छ । धान रोप्नको लागि चाहिने उपयुक्त समय र निरन्तर आकाशे पानी आउनाले रोपाइँ बढी भएको कृर्षि अर्थ विज्ञ नेत्रमणी काफ्लेले जानकारी दिए । उच्च पहाडि जिल्लाको ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा २२ प्रतिशत धान रोपाइँ भएको छ ।

संखुवासाभामा १३ हजार ८सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १० प्रतिशत धान रोपाइँ भएको छ । त्यसैगरी मध्य पहाडि जिल्ला ओखलढुङ्गमा ४ हजार ४सय ३ हेक्टर क्षेत्रफल मध्ये ११ प्रतिशत धान रोपाइँ भएको छ ।

भोजपुरमा१८ हजार ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ५० प्रतिशतमा धान रोपाइँ भएको छ । धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमो १५ प्रतिशत, तेह्रथुममा १० हजार १सय ७५ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये १२ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १२ हजार ८ सय ९८ मध्ये ३० प्रतिशत रोपाइँ सम्पन भएको छ ।

पाचँथरमा ९ हजार २सय ३ हेक्टर क्षेत्रफलमध्ये २७ प्रतिशत , इलाममा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमध्ये २२ प्रतिशत धान रोपाइँ भएको छ । धान खेतीको लागि चाहिने पानी प्रयाप्त भएकाले धान रोपाइँले गति लिएको र सबैभन्दा बढी धान उत्पादन हुने पुर्वमा उल्लेख्नीय धान रोपाइँ हुन नसकेको हो । कृषि विकास निर्देशनालयले रोपाइँको सिजन अहिले रहेकाले पहाडी जिल्लामा साउन भरीको रोपाइलाई उपयुक्त मानिने जनाएको छ । तराईका जिल्लामा भदौ १५ सम्मको धान रोपाइँ हुने गरेको कृर्षि अर्थ विज्ञ काफ्लेले जानकारी दिए ।

प्रदेश १को तीन वटा तराइको जिल्लामा धान रोपाइँ उल्लेख्नीय नहुनुमा सुनसरी मोरङ सिचाइँ योजनाको नहरमा रोपाइँको बेला पानी नछोड्नु र अकाशे पानी समेत निरन्तर नभएकाले धान रोपाइँ प्रभावित बनेको बताइएको छ ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने मध्ये १७ प्रतिशत धान रोपाइँ भएको छ । झापा धान जोनको रुपमा स्थापित छ । मोरङमा भने १२ प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेति हुने क्षेत्रफल मध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

२०७२ सालमा अविरल वर्षासँगै आएको बाढीले मोरङको लोहन्द्रा खोलामा आएको बाढी नहर बगाउँदा लोहन्द्रा देखि दक्षिण केराउन सँगै रंगेलीसम्म र कानेपोखरी रंगेली रोडको पश्चिमका करिब १० हजार हेक्टर धान खेती गर्न समस्या हुने गरेकाले पानीको अभावमा रोपाइँ प्रभावित बनेको बताइएको छ ।

सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । धान उत्पादनका लागि उपयुक्त मानिने मोरङ ,सुनसरी, झापा आकाशे पानी निरन्तर हुनुका कारण धान रोपाइँ प्रभावित भएकाले धान उत्पादनमा ह्रास आउने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर