Aamsanchar

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोज ३ गतेदेखि

Author Image
सोमवार, असार १४, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आउँदो असोज ३ गतेदेखि सुरु हुने भएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज ए डिभिजन कल्बका प्रतिनिधि र एन्फा पदाधिकारीको बैठकले यस वर्षको ए डिभिजन लिग असोज ३ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि जुलाई ३० अर्थात् आउँदो साउन १५ गतेदेखि खेलाडी दर्ता खुला गर्नेछ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो । असोजबाट हुने लिगमा ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्ग्याएकाे सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरे पनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । त्यही लक्ष्यअनुसार शीर्ष डिभिजन लिग झन्डै ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर