Aamsanchar

मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा हल्दिबारीमा ११२ जनाले गरे रक्तदान

Author Image
सोमवार, असार १४, २०७८

हल्दिबारी । जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा राष्ट्रिय युबा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीको संयुक्त आयोजना तथा रक्त सञ्चार केन्द्र झापाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड –१९ महामारीका कारण झापामा रगत अभाव भए पछी हल्दिबारीका दुई नेकपा एमालेका सङ्ग्ठनले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १४ महिला सहित ११२ जनाले रक्तदान गरेको अनेरास्ववियु केन्द्रय सदस्य बलराम गिरीले जानकारी दिए।

झापा क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्य बसन्त कुमार बाँनियाको प्रमुख अतिथित्यामा भएको रक्तदान कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरी लगायत जिल्ला स्तरिय नेता ,विद्यार्थी नेता तथा पार्टी सङ्गठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

नेकपा एमाले हल्दिबारी गाउँ कमिटीका इन्चार्ज नरेश चुडाल ,उधोग वाणिज्य संघ सदस्य सुमन मैनाली लगायत ११२ जनाले रक्तदान गरेका हुन। हल्दिबारी गाउँपालिका भित्र अहिले सम्म आयोजना भएका रक्तदान कार्यक्रमहरु मध्य धेरै रक्तदाताबाट रक्तदान गर्ने पहिलो कार्यक्रम रहेको रक्त सञ्चार सेवा केन्द्रले जनाएको छ ।

युवा संघ हल्दिबारी कमिटीका अध्यक्ष शैलेन्द्र सिटौलाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य हल्दिबारी गाउँकमिटीका अध्यक्ष हरि गौतमले गरेका थिए भने कार्यक्रमको सहजीकरण अनेरास्ववियु गाउँ कमिटी अध्यक्ष बिजय राईले गरेका थिए।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर