

इटहरी । इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई आज ६१ वटा घार वितरण गरेका छन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

कृषक समूह र फर्म हरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस भन्ने उदेश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिएकी छन् ।


Views: 245

