Aamsanchar

सञ्चारकर्मी अधिकारीको पहलकदमीबाट झापामा कुलमायाका परिवारले नयाँ घर पाउँदै

Author Image
मङ्गलवार, असार १५, २०७८

झापा । झापाको कमल गाउँपालिका ५ कि स्व.कुलमाया बस्नेतको परिवारले नयाँ घर पाउँने भएका छन् । कमल गाउपालिका ५ मा अर्काको घरमा बसेर अर्काकै जग्गा कमाउँदै आएका बस्नेतको परिवारले नयाँ घर पाउँने भएको हो ।

अढाई बर्ष अघि खोले पकाउने क्रममा आगोमा परेर गम्भिर घाईते भएकी कुलमायालाई परिवारले आर्थिक अभाबका कारण उपचार गर्न नसकेर केराको पातमा सुताएर राखेको समाचार सञ्चारकर्मी सुदिप अधिकारीले बाहिर ल्याएका थिए । उनकै सक्रियतामा कमल गाउँपालिकाका समाजसेवी हुकुमसिंह राईको संयोजकत्वमा कुलमाया बचाउँ अभियान सुरु भएको थियो । तत्पश्चात दमकस्थित एड्भान्स अस्पतालका सञ्चालकद्धय चैतन्य बराल र माधब पराजुलीले बस्नेतको उपचार आफ्नो अस्पतालमा निशुल्क गरिदिने बताएका थिए ।

कुलमायाको उपचारकै क्रममा मृत्यु भएपछि उनको नाममा संकलित रकम उक्त समितिले दमकस्थित एक बैंकमा खाता खोलेर राखेको थियो ।

उक्त रकमको केहि प्रतिशत मात्र खर्च गरि अन्य रकम मनकारी दाताहरुको सहयोगमा संकलन भएपछि उनको परिवारका लागि घर निर्माण भएको छ । कमल गाउँपालिका ५ मै जग्गा व्यवस्थापन गरि कुलमाया बचाउँ अभियानलाई कुलमायाको परिवारलाई घर निर्माण गर्न अभियानलाई निर्माण समितिमा रुपान्तरण गरि १० धुर जग्गामा ३ कोठे घर निर्माण सम्पन्न भएको छ ।

कुलमाया घाईते भएको बेलाको फायल फोटो ।

कुलमायाको बिषयमा पहिलोपटक आम सञ्चार माध्यममार्फत समाचार बाहिर ल्याएका अधिकारीका अनुसार अभियान तथा समितिमा भएको सम्पूर्ण हिसाव किताब स्वर्गीय कुलमायाका बुवा देबीबहादुर बस्नेतलाई घरको चाबी हस्तान्तरण गर्ने दिन सार्वजनिक गरिने भएको छ ।

अधिकारीका अनुसार यसै हप्ता कुलमायाको परिवारलाई घरको चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर